Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउत नेतृत्व जनमतकाका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड

मधेश प्रदेश स्थित जनकपुरमा सिके राउत नेतृत्व जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी तोडफोड गरेका छन् ।

राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए ।

उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए ।प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।

कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्