Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढेसँगै बजारमा दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि

नेपालमा कोरोना संक्रमण बढेसँगै कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । औषधि, दाल, खाने तेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको छ ।

कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले दाल, खाने तेलको मूल्य बढी लिन थालेका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार कोभिड सुरु हुनुभन्दा भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १ सय ४० रुपैयाँ रहेकोमा ७१ प्रतिशतभन्दा धेरैले बढेर २ सय ४० पुगेको छ ।

वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि साढे पाँच प्रतिशत भन्दा कम रहेको अवस्थामा खाद्यान्नको मूल्य वर्षमै ३६ प्रतिशतसम्म बढेको छ ।

कोभिड महामारीकैबीच दसैं–तिहार सकिएलगत्तै खाद्य उद्योगले क्रमिक रूपमा मूल्य बढाउन सुरु गरेका हुन् ।राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालू वर्ष २०७७/०७८ मा घ्यू तथा तेलमा सबैभन्दा धेरै २८ दशमलव ५ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

यस्तै, यातायातमा १६ दशमलव २५ प्रतिशत र दाल तथा गेडागुडीमा ११ दशमलव ७९ प्रतिशत मूल्यवृद्धि छ । राष्ट्र बैंकका अनुसार, २०७७ मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ६९ प्रतिशत थियो ।

यो अवधिमा उपभोग्य वस्तु ५ दमलव ८१, मध्यवर्ती वस्तु ७ दशमलव ७० र पुँजीगत वस्तु २ दशमलव ७७ प्रतिशत भएको थियो ।

यसैबीच, बजारमा निर्माण सामग्रीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको देखाउँदै स्थानीय बजारमा व्यवसायीले मूल्य बढाएका हुन ।

कच्चा पदार्थको मूल्यवृद्धि देखाउँदै व्यवसायीहरूले छड, सिमेन्टको मूल्य बढाउँदै आएका छन् ।

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्