Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोनाविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्