Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ६४६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या दुइ तीनदिन देखि केही मात्रामा घटिरहेको छ । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।नेपालमा हाल संक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० रहेको छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्