Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशमा पनि फैलियो ओमिक्रोन, १४ जनामा पुष्टि

मधेश प्रदेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोमन देखिएको छ । ५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।

मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमनको दर बढेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् ।

संक्रमण दर बढेपनि सर्वसाधारणले भने हेलचक्राई गरिनै रहेका छन् ।बिहिवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्