Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनमा अस्थिरता बनाई सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

अमेरिकाले युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको आरोप लगाएको छ । अमेरिकाको अर्थ मन्त्रालयले उक्त कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गर्दै उनीहरु क्रेमलिनको रणनीति अनुसार युक्रेनमा अस्थिरता मच्चाएर सत्तापलट गराउने काममा सक्रिय रहेको आरोप लगाएको हो ।

आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको अमेरिकी आरोप छ ।

रुसले युक्रेनका उच्च पदहरुमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । यसैबीच, युक्रेन मामिलालाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोबबीच आज जेनेभामा भेट वार्ता हुँदैछ ।

वार्ता अघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले युक्रेनमा हस्तक्षेप गर्ने कोशिस रुसले गरेमा पश्चिमा शक्तिहरुले त्यसको संयुक्त रुपमा जवाफ दिने दोहोराएका छन् ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्