Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि लोसपा र एमालेबीच गठबन्धन

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ ।

आज (बिहीबार) जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आह्वान गरेका छन् ।

एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।

आगामी १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्