Logo
१५ बैशाख २०८१, शनिबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज काठमाडौं लगायत पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्