Logo
१८ बैशाख २०८१, मंगलबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन २ लाख ८२ हजार कोरोना संक्रमित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तेस्रो लहर आगो सरी फैलिरहेको छ । भारतमा पछिल्लो समयमा एकै दिन लाखौं जनसंख्या संक्रमित बन्दै गइरहका छन ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ४४१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। देशमा कोरोना बढेसँगै भारत सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्