Logo
१८ बैशाख २०८१, मंगलबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ जनाको मृत्यु, ११ घाइते

छिमेकी मुलुक भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ जनाको ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् ।

‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौ सेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन चलिरहेको छ ।

आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ ।

यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।

यसअघि सन् २०२१ को अक्टुबर २३ तारिखमा भारतीय नौसेनाको रणविजय युद्धपोतमा आगलागी हुँदा चार जना घाइते भएका थिए ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्