Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतले आजदेखि ६ प्रकारका मात्रै सेवा दिने

कोरोना संक्रमण जोखिम बढ्दै गएपछि आजदेखि सर्वोच्च अदालतले दिदै आएको सेवाहरु कटौती गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिँदै आएका सेवाहरूमा कटौती गरेको हो ।

बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्चले जनाएको छ । जसअनुसार सर्वोच्च अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने छ ।

सर्वोच्चको फुलकोर्टको बैठकले अन्य नियमित सेवा दुई हप्ता अर्थात् माघ १८ गतेसम्म संकुचन गर्ने निर्णय गरेको छ ।

मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकी रहेका मुद्दाको सुनुवाइ लगायतका काम मात्र नियमित गर्ने निर्णय भएको बताइएको छ ।

अदालतमा अनावश्यक भिडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्