Logo
७ जेष्ठ २०८१, सोमबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि ललितपुरमा कोरोनाविरुद्धको बुस्टर डोज दिने, यी हुन् खोप केन्द्र

आजदेखि ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

आजदेखि पर्सि ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव-वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ ।

यस्तै सरकारी तथा सामुदायिक सङ्घसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका लक्षित वर्गले खोप कार्ड र कार्यालयको परिचयपत्रको आधारमा बुस्टर डोज पाउनेछन् ।खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्