Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्न एमालेको निर्देशन

तिब्र गतिमा कोरोनाको तेस्रो तहर फैलिएसँगै नेकपा एमालेले २५ जना भन्दा बढी सहभागिता रहने सबै खाले कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको छ ।

आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै एमालेले कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर मात्रै पार्टी पङ्क्तिलाई कार्यक्रम गर्न निर्देशन दिएको हो ।

एमालेको निर्देशन :

– २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसङ्गठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने ।

– सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारु राख्ने ।

-पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्ने ।

– पार्टीका स्थानीय कमिटी, नेता(कार्यकर्ता र जनप्रतिनिधिहरू कोभिड– १९ को महामारीका विरुद्धमा आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहने ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्