Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलन घोषणा

देशभर तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको छ ।आइतबार बसेको जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ ।

सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड लागू गर्न भने जनमत पार्टीले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्