Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गरेका छन् ।अहिले आफ्नो स्वाथ्य अवस्था ठिकै रहेको मिश्रको भनाइ छ ।

आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति: Jan 16, 2022

प्रतिक्रिया दिनुहोस्