Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटमा परी २ महिलाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

स्रोतका अनुसार एक जना पीडितले नजिकैका पहाडहरूबाट दाउरा सङ्कलन गरेर गाउँमा स्क्र्याप धातुका रूपमा बेच्ने प्रयासमा युद्धका अवशेषहरु फेला पारेका थिए ।

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्