Logo
१५ बैशाख २०८१, शनिबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमिक्रोन डेल्टा भेरियन्टभन्दा बढी खतरनाक, माथिल्लो श्वासप्रश्वास नलीमा गराउँछ सङ्क्रमण !

विश्वमा क कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेरी फैलिरहेको छ । कोरोनाको शुरुवात चिनको वुहानबाट भएको थियो ।त्यसपछि डेल्टा भेरियन्ट आयो र अहिले बर्तमान अवस्थामा नयाँ भेरियन्ट ओमिक्रोन आइरहेको छ ।

यसले विस्तारै विश्वमा विकराल रुपलिदैँ गइरहेको छ । ओमिक्रोनका विरामी दिनप्रतिदिन एकदमै थपिदै गएको छ । यसबाट बढी युरोपियन मुलुक बढी प्रभावित भएको छ भने हाम्रो छिमेकी मुलुक भारतमा समेत कोरोनाको नयाँ विरामी एकै दिन डेढलाख भन्दाबढी संक्रमित भइरहेका छन् ।

नेपालमा पनि कोरोना संक्रमण दर बढ्दो देखिएको छ । त्यसैले सरकारले स्वास्थ्य मापदण्ड तयार गरेको छ । अत्यावश्यक नपरी बाहिर हिडडुल र २५ जनाभन्दा बढी भेला हुन नपाइने बताएको छ ।

मेला सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिवन्ध लगाएको छ । बर्तमान समयको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रमण रहेको सङ्क्रामक रहेको बताइएको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको जानकरी दिएको छ ।

अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ । यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि सङ्क्रमण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जाने बताएको छ ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने गर्छ । अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो ।

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका र नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ ।खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

जनस्वास्थ्यविद्ले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताएका छन् । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए ।

यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

सङ्क्रमण दर बढ्दै

सङ्क्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र सङ्क्रमण दर रहेको थियो ।

पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो ।

पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा सङ्क्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ सङ्क्रमित र सात हजार ८५५ सक्रिय सङ्क्रमित तथा पुस २५ गते सङ्क्रमित एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५ देखिएका छन् ।

बच्ने उपाय

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात् भिडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।

यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।

 

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्