Logo
९ जेष्ठ २०८१, बुधबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्युएचओले दियो २ महिनाभित्र युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्नसक्ने चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्युएचओका बरिष्ठ चिकित्सक हान्स क्लुगेले ओमिक्रोन पश्चिम युरोपदेखि पूर्वी युुरोपसम्म पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गरेका हुन् ।

आगामी दुई महिनाभित्र युरोपभर ओमिक्रोन महामारीको रुपमा फैलने चेतावनी दिंदै यस्तो बताएको हो ।सन् २०२२ लागेपछिको डेढ सातामा युरोपमा ७० लाख नयाँ संक्रमित थपिएको जनाइएको छ ।

डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा बिश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भए पनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताए । साथै उनले युरोप र मध्य एशियाली राष्ट्र ओमिक्रोनको चपेटामा पर्ने ठोकुवा पनि गरे ।

पूर्ण मात्रामा खोप लगाएका ब्यक्ति समेत ओमिक्रोनको शिकार हुने भन्दै डब्ल्युएचओले कत्ति पनि लापरवाही नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।

 

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्