Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीलाई कोरोना पुष्टि

छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना संक्रमित भएको उल्लेख गरिएको थियो ।

मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिले आठ लाख २१ हजार ४४६ जना सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या १०.६४ प्रतिशतले वृद्धि हुँदै गएको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६९ हजार ९५९ रहेको छ । योसँगै कुल संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने तीन करोड ४५ लाख ७० हजार १३१ रहेको छ ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्