Logo
९ जेष्ठ २०८१, बुधबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तान र पाकिस्तान सीमामा भएको विष्फोट परी ९ बालबालिकाको मृत्यु, ४ घाइते

अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ ।उक्त घटनामा परी अन्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।

अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत यसको पुष्टि गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो ।

केही जानकारीका अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो । लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो ।

मिडिया रिपोर्टका अनुसार नागरार प्रान्तको लालोपुर इलाकामा यो विष्फोट भएको हो । यहाँ पाकिस्तानको चेक पोइन्ट र काँडेदार तारहरु रहेका छन् । यो क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् ।

उनीहरुको तालिबानसँग हिंस्रक भिडन्त हुँदै आएको छ । आइएस आतंकवादी तालिवानको चेक पोष्ट्समा पनि हमला पनि गर्छन् । यो संगठन सन् २०१४ देखि नै यो क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएको छ ।

यिनीहरुको धेरै हमला सिया अल्पसंख्यकबिरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्