Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जाका सात वटा पालिकाले दिए पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइदै छ । पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले मङ्गलवार सार्वजनिक बिदा दिएका छन् ।

स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी गराएका हुन् ।

यसअघि विश्व हिन्दु युवासङ्घ स्याङ्जाले गएको शुक्रवार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन माग गरेको थियो ।

सङ्घले प्रशासन र ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष नवराज पौडेलले बताए ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्