Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ११६७ जना संक्रमित

नेपालमा पछिल्लो समयमा फेरि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (आइतबार) पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन् ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्