Logo
५ जेष्ठ २०८१, शनिबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको करारमा कार्यरत कर्मचारीलाई स्वतस् स्थायी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

त्रिभुवन विश्वविद्यालयको करारमा कार्यरत कर्मचारीलाई स्वतः स्थायी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

त्रिवि सभा, त्रिवि कार्यकारी परिषद्, त्रिवि सेवा आयोग र त्रिवि प्राज्ञिक सभालाई रिटमा विपक्षी बनाइ कीर्तिपुरका रमेश विष्ट र मनिता खत्रीले रिट दर्ता गराएका हुन् ।

त्रिभुवन विश्वविद्यालय सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत रहेका ४८० कर्मचारी तथा अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने निर्णय लिएको गरेको थियो ।

सो निर्णयले खुल्ला प्रतिस्पर्धामार्फत उपप्राध्यापक पदमा सेवा गर्न इच्छुक योग्य उम्मेदवारहरूको अधिकारलाई कुण्ठित गरेको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।

यसअघि त्रिविको सो निर्णयप्रति पाँच पूर्व उपकुलपतिले पनि आपत्ति जनाएका थिए ।

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्