Logo
१५ बैशाख २०८१, शनिबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर चिसोबढेसँगै तराईमा शीतलहर, जनजीवन प्रभावित

अहिले देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराई क्षेत्रमा शीतलहर चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी चक्र चलिरहेको छ ।

पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन छ ।शीतलहरबाट स्थानीय जनजीवनमा पर्ने असर कम गर्न सरकारले शीतलहर विरुद्धका प्रतिकार्य योजनाहरु कार्यान्वयन गर्नुपर्ने सिफारिस पनि गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

महाशाखा आफैँले पनि शीतलहरका बेला सचेतनामूलक कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । शीतलहरबाट स्थानीय समुदायलाई जोगाउनका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने तयारी थालिएको छ ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्