Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्चको आग्रह

आन्दोलनरत कानुन व्यवसायीहरुलाई अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्च अदालत प्रशासनले आग्रह गरेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेका हुन् ।

सर्वोच्चका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको छ । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने कानुन व्यवसायीहरूले बताएका छन् ।

सर्वोच्चमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्