Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा छुरा प्रहारबाट एक जनाको मृत्यु

प्रदेश स्थित सिरहामा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।सिरहाको गोलबजार नगरपालिका-६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको हो। एकजना घाइते भएका छन् ।

गोलबजार -६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा लागि गम्भीर घाइते उनलाई उपचारका लागि धनगढीमाई नगरपालिका -९ स्थित आरके मेरिसिटी अस्पताल लगिए पनि तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइते सोही ठाउँका १९ वर्षीय निकेश सदाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्