Logo
२२ बैशाख २०८१, शनिबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्रीको मतगणना जारी : गगनलाई सार्वधिक मत

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत कांग्रेस महामन्त्रीको मतगणना जारी रहेको छ ।

बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाममा गगन थापालाई सार्वधिक मत प्राप्त भएको छ।

निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् ।

यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

 

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्