Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीम रावलको प्रश्न : संसद अवरोधको अैाचित्य के हो ? कतै एमसिसी पास गर्ने खेल त होइन ?

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोध गरी एमसिसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनि प्रश्न गरेका छन् । साथै उनले सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठक अवरुद्ध गर्ने कुराको औचित्य के हो भनेर पनि रावले प्रश्न गरेका छन् ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरुद्ध गर्ने कुराको औचित्य के हो रु यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसिसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ ।

 

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्