Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकको प्रतिवेदन : चालू आवमा महंगी बढ्याे, उपत्यकाभन्दा पहाडमा उच्च !

राष्ट्रबैंकले जारी गरेको कात्तिकसम्मको तथ्यांकले महंगी बढेको देखाएको छ।

राष्ट्रबैंकको तथ्यांक अनुसार ०७८ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ ।

२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्