Logo
२० बैशाख २०८१, बिहीबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गगनले बधाई दिँदै देउवालाई भने : ‘पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआतको अपेक्षा गर्छु’

नेपाली कांग्रेसका नेता तथा महामन्त्रीका प्रत्याशी गगन थापाले नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिँदै थापाले समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने बताएका छन् ।

थापाले भनेका छन्, ‘आदरणीयशेर बहादुर देउवाज्यू,पुनस् सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।

सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्