Logo
२० बैशाख २०८१, बिहीबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान जारी

नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान जारी रहेको छ ।सभापतिमा पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान शुरु गरेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर भएको हो ।

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्