Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले संसद बैठक सुरू गर्ने बित्तिकै एमालेको अवरोध

संघीय संसदको आज सुरू भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गर्नेबित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरू गरे।

बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि थलोलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन् ।

विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।

एमाले अवरोधकै बीच संसदमा प्रतिस्थापन विधेयक ल्याएर पूर्ववर्ती केपी ओली सरकारले ल्याएको बजेटमा हेरफेर गरिएको थियो । विरोधका बीच विधेयक पारित समेत भएको थियो।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्