Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिका प्रत्यासी सबै उम्मेदवारले देउवालाई समर्थन गरेपछि शेखर अप्ठ्यारोमा !

नेपाली कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भएपछि देउवाका प्रतिपर्धी डा. शेखर कोइराला अप्ठ्यारो परेका छन् ।

संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला अप्ठ्यारोमा परेका हुन् ।
पौडेललाई कोइरालाको पक्षमा खुल्न उनका पक्षका कार्यकर्ताले दबाब दिएका छन् ।

पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा देउवाले बहुमत ल्याउन सकेनन् ।सभापतिका प्रत्याशी शेखर कोइरालाबाहेकका सबै उमेद्वारले उम्मेदवारले देउवालाई सहयोग गर्ने भएका हुन् ।

नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् । संस्थापन इतर समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ ।

तर, पहिलो चरणको चुनावमा कोइरालालाई सहयोग गरेका पौडलले अहिले विवेक प्रयोग गरेर मत हाल्न आफ्ना पक्षका प्रतिनिधिलाई सुझाव दिएका छन् ।

पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय २९ मत पाएका थिए ।

यस्तै, नेता प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । अब दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१प्रतिशत मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्