Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली पथमा देउवा सरकार : एकैदिनको संसद बैठकमै ६ अध्यादेश पेश गरिने

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यदेशबाट शासन चलाउन खोजेको भन्दै चर्को आलोचना भयो । सर्वोच्चको परमादेशबाट स्थापित भएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार पनि अध्यादेशकै भरमा चल्न थालेको छ ।

मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।

यसले ओली पथमा वर्तमान सरकार अग्रसर भएको हो की भन्ने विश्लेषण हुन थालेको छ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्