Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकजनालाई भोट हाल्न कम्तिमा ५० मिनेट : पौने ४ बजेसम्म २८ प्रतिशत मत खस्यो

नेपाली कांग्रेसको निर्वाचन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। दिउँसो ३:४० बजेसम्म १३ सय ६५ जनाले मतदान गरेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय सभागृहमा ५ सय जना, भृकुटीमण्डपको दुई बुथमा ८ सय ६५ प्रतिनिधिले मतदान गरेका हुन्। निर्धारित समयभन्दा चार घन्टाभन्दा बढी ढिलो गरी मतदान सुरु भएको हो। १२:३० बजेबाट मतदान सुरु भएको थियो।

यसपालाको अधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन्। मतदान दिन एक जनालाई कम्तिमा पनि ५० मिनेट लागेको छ। पहिला सभापति, त्यसपछि उपसभापति, त्यसपछि महामन्त्री, सह महामन्त्रीलाई पालैपालो मत दिने व्यवस्था गरिएको छ। त्यसपछि क्लस्टर अनुसार केन्द्रीय सदस्यहरु छान्ने व्यवस्था गरिएको छ।

पौने ४ बजेसम्म मत दिनेको संख्या २८ प्रतिशत रहेको छ।

मतदान लम्बिएर बेलुका ११ बजेसम्म जानसक्ने देखिएको छ अहिलेसम्मको रफ्तारलाई आँकलन गर्दा।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्