Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेरबहादुर देउवा पुनः मतदान स्थलमा पुगेर हात जोड्दै ‘भोट’ माग्न थाले

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा पुन: मतदान स्थलमा पुगेका छन्। यसअघि उनी मतदान गरेर भृकुटीमण्डपस्थित मतदान स्थलबाट बाहिरिएका थिए।

देउवा मतदातालाई नमस्कार गर्दै पुन: मतदान स्थलमा आएका हुन्। अहिले मतदान केन्द्रबाहिर कुर्सीमा बसिरहेका उनले मतदाता मतदान गर्न जाँदा नमस्कार गरिरहेका छन्।

बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिएपनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार चार हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो करिब साढे २ बजेसम्म ६०० जनाले मतदान गरिसकेका छन्।

कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति देउवासँगै नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।

यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्