Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारका लगानीकर्ताको लगानी संरक्षण गर्न हामी लागेका छौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताको लगानी संरक्षण गर्न सरकार सधैं गम्भीर रहेको बताएका छन् ।

सोमबार (आज) बीमा समितिको भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले अर्थ मन्त्रालयले सेयर बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताएका छन् ।

साथै सेयर बजार मन्त्रीले घटाउन-बढाउन भूमिका खेल्न नसक्ने र त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताएका छन् ।

‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला’, शर्माले भने, ‘नठग्गिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने-बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

सेयर बजारमा देखिएको समस्या समाधानका लागि विज्ञहरूसँग छलफल भइरहेको मन्त्री शर्माको भनाइ छ ।अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।लगानीकर्ताले अनावश्यकरूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको भन्दै उनले लगानीकर्तालाई ढुक्क हुन आश्वस्त पारे ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्