Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महाधिबेशन : कोइराला प्यानल सार्वजनिक, डा. शशांक,गगनसहित लिस्टमा (सूचीसहित)

नेपाली कांग्रेसको१४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका डा शेखर कोइरालको प्यानल सार्वजनिक भएको छ ।कोइराला प्यानलमा वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि समेटिएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनलाई देउवा समूहले पनि आफ्नो प्यानलमा राखेको छ ।

केन्द्रिय सभापतिडा. शेखर प्रसाद कोइराला,केन्द्रिय उपसभापतिमा चन्द्र भण्डारी,धनराज गुरुङ्ग,केन्द्रिय महामन्त्री गगनकुमार थापा, मिनेन्द्र रिजाल नेता रहेका छन् । त्यस्तैकेन्द्रिय सहमहामन्त्री (महिला) कमला पन्त,केन्द्रिय सहमहामन्त्री (दलित) जीवन परियार,केन्द्रिय सहमहामन्त्री (आदिवासी जनजाती)बिकास लामा रहेक केन्द्रिय सहमहामन्त्री (खसआर्य)देवराज चालिसे रहेका छन् ।

केन्द्रिय सहमहामन्त्री (मधेसी) रामकृष्ण यादव,केन्द्रिय सहमहामन्त्री (मुस्लिम) शेख वकिल,केन्द्रिय सहमहामन्त्री (थारु) तेजुलाल चौधरी,केन्द्रिय सहमहामन्त्री (पिछडिएको क्षेत्रबाट) बद्री पाण्डे रहेका छन् ।

त्यस्तै केन्द्रिय सदस्य(खुल्ला)बाट अजयबावु सिवाकोटी,अर्जुननरसिंह के.सी., केदार काकीर्, खगेन्द्र तिवारी,गणेशबहादुर खड्का, गोकर्ण पौडेल,डा. गोविन्दराज पोखरेल,टेकराज पौडेल,डा. तीर्थ खनिया,दिनेश कोइराला,दिपक गिरी, दीपक बाबुकंडेल,दिलेन्द्रप्रसाद बडु, धावा गुरुङ्ग,प्रमोदहरी गुरागाई,बलवहादुर के.सी.,बलवहादुर कुवर,मथुराप्रसाद घिमिरे,मनोजमणी आचार्य,मोहनप्रसाद बराल,यज्ञबहादुर थापा,राजेन्द्र बजगाई,रामशरण महत,लक्ष्मणबहादुर बस्नेत,लोकेश ढकाल,डा. शसांक कोइराला,शिवकुमार गुर्मछाने,सुरेश मल्ल संजयकुमार गौतम,सुरेन्द्र हमाल,सुरेशचन्द्र चालिसे,सुवासकुमार पोखरेल,हस्तबहादुर मल्ल,क्षितिज भण्डारी,त्रैलोक्यप्रसाप सेन रहेका छन् ।

शुक्रबारदेखि काठमाडौंमा जारी रहेको कांग्रेसको१४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ ।आज हुने निर्वाचनमा कांग्रेसको सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालसहित ५ जनाको उम्मेदवारी परेको छ ।

दुवै समूहले गएराति मध्यरातमा आफ्नो प्यानल सार्वजनिक गरेको छ ।तीमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन रहेको छ ।

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्