Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेले सात प्रदेशमा इन्चार्ज तोक्यो

नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए ।

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।

यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्