Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुगमन कार्यालयले राख्यो ६ वटा निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाण्डौ सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रा लि, पुरानो बानेश्वरको निलगिरि निर्माण सेवा, तारेकेश्वर नगरपालिकाको च्याङ्ग्रासी निर्माण सेवा, कमलादीमा रहेको एसएसएम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको हो ।

साथै बाँकेका एसएनसी निर्माण सेवा र त्रिदेव निर्माण सेवा पनि कालोसूचीमा परेका छन् ।त्यस्तै निलगिरिलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्