Logo
२० बैशाख २०८१, बिहीबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिको उम्मेदवार टुङ्गो लगाउन पौडेल समूहको बैठक जारी

सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले जारी रहेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन् । बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी बनेका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए ।

मंगलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो ।

शुक्रबारदेखि काठमाडौंमा कांग्रेस महाधिवेशन सरु हुँदै छ ।

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्