Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै २ हजार सुरक्षाकर्मी परिचालन

प्रदेश नं २ स्थित धनुषाको जनकपुरमा आज सुरक्षा व्यवस्था कडा बनाइएको छ । जनकपुरधाममा आज भव्यतासाथ भइरहेको सीताराम विवाहपञ्चमी महोत्सवलाई मध्जनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

विवाहपञ्चमी महोत्सवमा हुने पाकेटमारी, चोरी, लुटपाट जस्ता सम्भावित अप्रिय घटना हुन नदिन व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरीले जानकारी दिएको छ ।

जनकपुर नगर क्षेत्रमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जनकपुर नगर क्षेत्रमा १३ सयको संख्यामा नेपाल प्रहरी परिचालन गरिएको प्रहरी कार्यलयले बताएको छ ।

यस्तै ६ सयको संख्यामा शसस्त्र प्रहरी परिचालन भएको शसस्त्र प्रहरी धनुषाका कार्यलयले जनाएको छ ।त्रेता युगमा जस्तै सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज जनकपुरमा राम र जानकीको डोलाफेलर गरी स्वयम्बर र विवाह गरी विवाहपञ्चमी महोत्सवमा भव्यताका साथ मनाइँदै छ ।

विवाहपञ्चमी महोत्सवा अवलोकन गर्न देशका विभिन्न भाग तथा भारतबाट लखौं श्रद्धालुभक्तजन जनकपुर आएका छन् । जनकपुरमा अहिले बेगल्ले उल्लास रहेको छ ।

 

प्रकाशित मिति: Dec 8, 2021

प्रतिक्रिया दिनुहोस्