Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा उम्मेदवार बनाउन वरिष्ठ नेता पौडेल नेतृत्वको समूह सहमति नजिक

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाउने कुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह सहमति नजिक पुगेको छ।

साझा उम्मेदवार तय गरेर सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको चाक्सीबारीमा बसिरहेको बैठक साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको हो।

यो समूहका युवा नेताहरु र केन्द्रीय सदस्यहरुले समेत दबाब दिएपछि सभापतिका दाबेदार चार नेताहरु सहमतिको खाका निर्माणमा अघि बढेका हुन्।

मंगलबार दिउँसोदेखि प्रकाशमान सिंह निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला सभापतिको दाबेदारी छाड्न लचक भएका छन्।

उनीहरुले दाबेदारी छाडेपछि अब कांग्रेसको इतर समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामध्ये एकजना सभापतिमा उठ्ने खाका बनेको छ।

बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार अब सभापतिका लागि नेता सिंह र कोइरालाबीच कुरा मिलाउन बाँकी रहेको छ।

‘यो बैठकमा युवा नेतासहित केन्द्रीय सदस्यहरुले पनि सहमतिका लागि दबाब बढाएका छौँ। अब प्रकाशमान सिंह र शेखर कोइरालामा कुरा अड्किएको छ’, सहभागी एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र पौडेल र शशांक कोइराला सभापतिको दाबी छाड्न तयार हुनु भएको छ।’

बैठकमा प्रकाशमा र शेखर दुईजनाबीच आपसी सल्लाह गरेर एकले अर्कोलाई स्वीकार्न सुझाव पनि नेताहरुले दिएका छन्।

यसैबीच इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार नटुंग्याउँदासम्म बैठकबाट नउठ्न कार्यकर्ताले दबाब दिइरहेका छन्। चाक्सीबारीमा भेला भएका नेता कार्यकर्ता हरुले बुधबार बिहानसम्म जसरी पनि कुरो मिलाउन युवा नेताहरूबाट दबाब गएको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्