Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिको साझा उम्मेदवार बनाउन संस्थापन इतर समूहलाई दबाब

नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका छन्।

संस्थापन इतर समूहका नेताहरुको बैठक चलिरहेको चाक्सीबारीमा उनीहरुले प्रदर्शन गरेका हुन्।

सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त इतर समूहको बैठक बसिरहेको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित छन्।

यो बैठकबाट पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल भइरहेको छ। बैठकमा सहभागी नेतालाई दबाब दिन बाहिर युवा नेताले प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्