Logo
२० बैशाख २०८१, बिहीबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीसमक्ष बारको आग्रह : ‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सहयोग गरिदिनुस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीसमक्ष प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबराले आफ्नो परिवारभित्रै विचौलिया पालेको नेपाल बार एशोशियएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताए ।

काठमाडौंमा भएको एक कार्यक्रममा बारका अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश राणाले परिवारभित्रै र विचौलिया पालेको र सर्वोच्चका विचौलिया हावी हुन दिएको बताए ।

प्रधानन्यायधीश राणालाई उनले विचौलियाको नाइकेको संज्ञासमेत दिए ।प्रधानन्यायधीशले कार्यपालिकासँग भाग माग्नु सबैभन्दा ठूलो भूल भएको र हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन नगर्नु अराजकताको पराकाष्ठा भएको उल्लेख गरे । जबराले आफ्नो शपथ विपरीतका असंवैधानिक क्रियाकलाप गरेको उनको आरोप छ ।

आफूहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १७ वटा कारणहरु उल्लेख गरिए पनि त्यसको एउटा बुँदा पनि खण्डन नभएकोमा असन्तुष्टि व्यक्त गरे । साथै उनले रञ्जन कोइरालको फैसलाको प्रतिरक्षा गरेको सन्दर्भ पनि महाभियोग लगाउनसक्ने आधार रहेको बताए ।

कानुनी, संवैधानिक र नैतिकताको आधारमा समेत पदमा रहन अनुचित भइसकेको अवस्थामा प्रधानन्यायाधीशले लिसो टासिएझैँ टासिएको आरोप लगाए ।

दलहरूबाट प्रधानन्यायाधीशलाई साथ रहेको अवस्थामा दलहरुले संवैधानिक प्रक्रियाबाट निकाल्नका लागि अनुरोध गरे ।

 

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्