Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्ताङमा हिमपात हुँदा चिसो बढ्यो, जनजीवन प्रभावित

गण्डकी प्रदेश स्थित मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज बिहानैदेखि मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका अग्ला डाँडापाखामा हिमपातका साथै सिमसिम पानी परेपछि चिसो बढ्दै गएको स्थानियले बताएका छन् ।उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । जिल्ला सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको थियो ।

हिमपात र वर्षाकै कारणले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सम्पर्क हुन नसकेको प्रसासनले बताएको छ । टेलिकमका टावरमा हिउँ जमेर ब्याट्री डाउन भएपछि सम्पर्क विच्छेद हुन सक्ने अनुमान गरिएको प्रशासनको भनाइ छ ।

वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम-पोखरा हवाई उडान पनि प्रभावित बनेको छ । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न सकेको छैन् ।

यो सिजनमा दोस्रो पटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित बनेको छ ।हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

 

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्