Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारका अध्यक्ष र सर्वोच्चका न्यायाधीशहरुबीच छलफल जारी

नेपाल बार एशोसिएशन बारका अध्यक्ष र सर्वोच्च अदालतकान्यायाधीशहरुबीच छलफल जारी रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएर अस्पताल भर्ना भएपछि वरिष्ठत न्यायाधीशलाई कायममुकायम नतोकिएको भन्दै नेपाल बारले आपत्ति जनाएपछि सर्वोच्चका न्यायाधीशहरु र दुवै बारका अध्यक्षबीच छलफल सुरु भएको हो ।

सर्वोच्च अदालतका न्यायधीशहरु र नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल जारी रहेको छ ।

नेपाल बारले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा वरिष्ठतमलाई जिम्मेवारी दिनुपर्ने संवैधानिक प्रावधानको उल्लंघन भएको जिकिर गर्दै वरिष्ठतम न्यायाधीशलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी दिन माग गरेको छ ।

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिए पनि वरिष्ठलाई कार्यवाहक नदिएको भन्दै हिजो न्यायाधीशले मुद्दाको सुनुवाइ रोकेका थिए । आज सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको पेशी तोकिएको छैन् ।

प्रकाशित मिति: Dec 2, 2021

प्रतिक्रिया दिनुहोस्