Logo
२० बैशाख २०८१, बिहीबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि विमानस्थलभित्रै नि:शुल्क यात्रुवाहक बस सेवा सुरु

आजदेखि विमानस्थलभित्रै निस्शुल्क यात्रुवाहक बस सेवा सुरु भएको छ ।

विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुले यात्रु ठगेको जनगुनासोपछि पर्यटन मनत्रालयले बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यत्रुवाहक बस सवा सुरु गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आज उक्त सेवाको शुभारम्भ गरे ।सेवा शुभारम्भ गर्दै मन्त्री आले स्वयम् यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका थिए ।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् ।

विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो ।विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्