Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहारबाट ३ विद्यार्थीको मृत्यु, ८ घाइते

अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । गोली प्रहारबाट मृत्यु हुनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरीले रहेका छन् ।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ ।

आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

प्रकाशित मिति: Dec 1, 2021

प्रतिक्रिया दिनुहोस्