सर्वोच्च अदालतमा आजदेखि गोला प्रणाली लागू हुने
आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुने भएको छ । योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
यो प्रणाली बुधवारदेखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए । अहिले प्रधानन्यायाधीश कोरोना संक्रमित भइ अस्पताल भर्ना भएका छन् ।